२४ जेठ / अर्थ र व्यापार - सनराइज बैंकले काठमाडौंस्थित मूलपानीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्णहरि थापा र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा सनराइज बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवलगायत बैंकका पदाधिकारीहरूको उपस्थिति रहेको बैंकले जनाएको छ । आफ्ना ग्राहकहरूलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया