logo

सनराइज बैंकको ११ औं बार्षिक साधरणसभा पुस २९ गते हुने

    1157   पटक पढिएको

४ पुस/ अर्थ र व्यापार - सनराइज बैंकले शेयर ब्रोकर सेवा प्रदान गर्ने प्रमुख एजेण्डा सहित पुस २९ गते एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले अमृतभोग क्याटरर्स कालिकास्थानमा बिहान १० बजे सभा आह्वान गरेको हो । बैंकले सभामा सम्बन्धित नियाम निकायको स्वीकृती लिई बैंक आफैँ वा सहायक कम्पनी स्थापना गरी ब्रोकरेज सम्बन्धि कार्य गर्ने व्यवस्था थप गरि प्रबन्धपत्र संसेधन गर्ने प्रस्ताव गरेको छ । 

यसका लागि संसोधन गरि पारित भएको प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायले कुनै फेरबदल गर्न निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको हो । साथै संस्थागत सामाजिक उत्तरदायित्व वापत छुट्टाएको खर्चको सीमाभन्दा बढी भएको खर्च ६३ लाख १८ हजार अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।

त्यसका अतिरिक्त बैंक सञ्चालक समितिको मंसिर १३ गते सम्पन्न ३०३ औं बैठकले गत आर्थिक वर्ष २०७४र७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । साथै सभाले संस्थापक र साधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३र३ जना सञ्चालहरुको निर्वाचन गर्नेछ ।

यसअनुसार बैंकले चुक्ता पूँजी आठ अर्ब १५ करोड २५ लाखको ११.५ प्रतिशतले हुन आउने ९३ करोड ७५ लाख ४३ हजार लाभांश वितरण गर्नेछ । बैंकको आगामी वार्षिक साधारण सभाबाट साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई लाभांश वितरण हुनेछ । 
चालू आवको प्रथम त्रैमासमा बैंकले ३३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यसै अवधिमा २० करोड ३७ लाख खुद नाफा गरेकोमा १२ करोड ७७ लाखले मुनाफा बढाएको हो । ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ चुक्त्ता पूँजी रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९९ पैसाबाट १६ रुपैयाँ २६ पैसामा बढेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।