logo

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त

    1890   पटक पढिएको

२४ जेठ / अर्थ र व्यापार - सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिले उनलाई चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो । चार बर्षे कार्यकाल पुरा गरेर रत्नराज बज्राचार्य बाहिरिएपछि सनराइजले श्रेष्ठलाई नियुक्त गरेको हो । बज्राचार्यको बहिर्गमनपछि कामु प्रमुख कार्यकारीका रुपमा आशा राणा अधिकारीले बैंक हाँकेकी थिइन् ।श्रेष्ठ केही समयअघि आफ्नो कार्यकाल पुरा नहुँदै माछापुच्छ्रे बैंकबाट राजिनामा गरेर बाहिरिएका थिए । उनले एक बर्षअघि माछापुच्छ्रे बैंक छाडेका थिए ।

तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठले केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा पनि काम गरेका थिए । उनी २०७१ सालको भदौमा एनआईसी एसिया बैंकको महाप्रबन्धक छोडेर ग्लोबल आईएमइ गएका थिए ।

करियरको सुरुवातमा १३ बर्ष ग्रिनलेजमा काम गरेका श्रेष्ठले त्यसपछि तात्कालिन एस फाइनान्स (हाल एस डेभलपमेन्ट बैंक) को व्यवस्थापन प्रमुखको जिम्मेवारी सम्हालेका थिए । एनआइसी र एनआइसी एसियामा सेकेन्ड म्यानको रुपमा नौ बर्ष बिताएका थिए । ग्लोबल आईएमइ जानु अघि उनी एनआइसी एसिया बैंकमा बिजेनेश बैंकिङ हेर्ने गरि महाप्रबन्धक थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।