२४ पुस/अर्थ र व्यापार– सनराइज बैंकको साधारण सभा आज शुक्रवार सम्पन्न भएको छ ।
सभाले ५ दशमलव ८ प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ९६ करोड ७८ लाखबाट वृद्धि गरी रू. ९ अर्ब ४८ करोड ७९ लाख कायम भएको बैंकले जानकारी गराएको छ ।
बैंकले हाल १३९ ओटा शाखा कार्यालय, ५८ ओटा शाखारहित बैंकिङ सेवा, ११ ओटा एक्सटेन्सन काउण्टर, १६१ ओटा एटिएममार्फत ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया