logo

सनराइज बैंकद्वारा निष्कासित ऋणपत्र आजदेखि बन्द हुने

    902   पटक पढिएको

१९ बैशाख /अर्थ र व्यापार - सनराइज बैंकले निष्कासन गरेको एक अर्ब रुपैयाँको ऋणपत्र आजदेखि निष्कासन बन्द हुने भएको छ । बैंकले १० प्रतिशत व्याजदरमा एक अर्ब रुपैयाँको ‘सनराइज डिवेन्चर २०८०’ गत चैत २० गतेदेखि निष्कासन गरेको थियो ।

बैंकले एक अर्ब रुपैयाँ मध्ये ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ सर्वसाधारणको लागि निष्कासन गरेको हो । सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम चार लाख कित्तासम्मको लागि आवदेन दिन पाउनेछन् । बैंकले ऋणपत्र निष्कासनका क्रेडिट रेटिङ गर्दा न्युन किसिमको जोखिम जनाउने ‘केयर एनपि ए माइनस’ प्राप्त गरेको छ ।

बाणिज्य बैंकहरुले पछिल्ला दिनमा पूँजीकोष व्यवस्थापनका लागि ऋणपत्र निष्कासन गर्दै आएका छन् । यसका साथै बैंकहरुले तरलताको समस्या माधानका लागि दीर्घकालीन ओजारको रुपमा ऋणपत्रलाई रोज्दै आएका छन् । बैंकको हालको चुक्ता पूँजी ८ अर्ब अर्ब १५ करोड रुपैयाँ रहेको छ । कर्जा लगानीमा आक्रमक बैंकको पूँजीकोष अनुपात ११.८७ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा ७२ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ८५ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।