logo

सनराइज बैंकद्वारा निष्कासित ऋणपत्र आजदेखि बन्द हुने

    1066   पटक पढिएको

१९ बैशाख /अर्थ र व्यापार - सनराइज बैंकले निष्कासन गरेको एक अर्ब रुपैयाँको ऋणपत्र आजदेखि निष्कासन बन्द हुने भएको छ । बैंकले १० प्रतिशत व्याजदरमा एक अर्ब रुपैयाँको ‘सनराइज डिवेन्चर २०८०’ गत चैत २० गतेदेखि निष्कासन गरेको थियो ।

बैंकले एक अर्ब रुपैयाँ मध्ये ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ सर्वसाधारणको लागि निष्कासन गरेको हो । सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम चार लाख कित्तासम्मको लागि आवदेन दिन पाउनेछन् । बैंकले ऋणपत्र निष्कासनका क्रेडिट रेटिङ गर्दा न्युन किसिमको जोखिम जनाउने ‘केयर एनपि ए माइनस’ प्राप्त गरेको छ ।

बाणिज्य बैंकहरुले पछिल्ला दिनमा पूँजीकोष व्यवस्थापनका लागि ऋणपत्र निष्कासन गर्दै आएका छन् । यसका साथै बैंकहरुले तरलताको समस्या माधानका लागि दीर्घकालीन ओजारको रुपमा ऋणपत्रलाई रोज्दै आएका छन् । बैंकको हालको चुक्ता पूँजी ८ अर्ब अर्ब १५ करोड रुपैयाँ रहेको छ । कर्जा लगानीमा आक्रमक बैंकको पूँजीकोष अनुपात ११.८७ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा ७२ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ८५ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।