logo

सनराइज बैंकद्वारा १ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरिने

    1265   पटक पढिएको

१८ माघ /अर्थ र व्यापार - सनराइज बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका १० लाख कित्ता ऋणपत्र बिक्री गर्न नियामक धितोपत्र बोर्डमा माघ १३ गते निवेदन दिएको छ । सनराइज बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा पाँच वर्ष अवधिको ‘१०५ सनराइज डिबेञ्चर २०८० ’ निष्काशनको लागि अनुमति मागेको हो । ऋणपत्र बिक्री गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

बैंकले जारी गर्ने १० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता सर्वसाधारणका लागि बिक्रीमा आउनेछ भने ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत तवरले बिक्री हुनेछ । यसअघि कूल निष्काशनको २० प्रतिशत मात्र सर्वसाधारणमा बिक्रीमा आउने गरेकोमा मुद्रा तथा पूँजी बजार कार्यदलले दिएको सुझावका आधारमा धितोपत्र बोर्डले हाल ४० प्रतिशत पुर्याएको हो ।

पछिल्लो समय उच्च कर्जाको मागका कारण लगानीयोग्य तरलता रकम अभावका कारणले बैंकहरुले पूँजी प्रयाप्तता अनुपात बढाउन तथा व्यसाय विस्तारका लागि ऋणपत्रलाई बैकल्पिक औजारको रुपमा प्रयोग गर्न थालेका छन् । ऋणपत्र निक्षेप संकलनको दिर्घकालीन औजार भएका कारणले पनि बैंकहरुलाई अतिरित्त पुँजी जुटाउन ऋणपत्र सहयोगी बन्दै आएको छ । तर बैंकको अपेक्षा अनुरुप ऋणपत्र भने बिक्री हुन सकेको छैन ।

हाल एनआईसी एशियाको ४ अर्बको ऋणपत्र बिक्री खुला भइरहेको छ भनेृ एनएमबि बैंकले पनि ३ अर्बको ऋण बिक्री गर्न बोर्डको अनुमति मागेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।