logo

सनराइज बैंकको विवाद चर्किए संचालक समिति नै भंग गर्ने राष्ट्र बैंकको चेतावनी

    1196   पटक पढिएको

४ असार / अर्थ र व्यापार - प्रमुख कार्यकारी अधिकृत नियुक्तीको विषयलाई लिएर चर्केको सनराइज बैंकको विवादले संचालक समिति नै भंग हुन सक्ने अवस्थामा पुगको छ । सनराइज बैंकको संचालक समितिको बैठकले निरज श्रेष्ठलाई असार २ देखि लागु हुने गरेर चारवर्षे कार्यकालको लागि सिइओ पदमा नियुक्त गरेको थियो ।

संचालकहरुको विरोध र सिइओ नियुक्ती प्रक्रिया संचालक समितिका अध्यक्ष मोतिलाल दुगडले एकल निर्णयबाट भएको भन्दै संचालक सैलेन्द्र गुरागाईँले सार्वजनिक रुपमा नै असन्तुष्टी जनाएका छन् ।असार २ गतेदेखि सिइओको कार्यभार समाल्नुपर्ने श्रेष्ठले संचालक समितिमा देखिएको विवादको कारण सिइओ नहुँने मनस्थिती बनाएका छन् । बैंकले नेप्सेलाई पत्र पठाएर तत्कालको लागि कामूको जिम्मेवारी आशा राणा अधिकारीलाई निरन्तरता दिने जनाएको छ ।

राष्ट्र बैंकले सनराइज बैंकमा भएको विवादलाई नजिकबाट हेरेको भन्दै विवाद साम्य नभएमा संचालक समितिनै भंग गर्न सक्ने सम्मको चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सनराइजको संचालक समितिमा बरिष्ठ व्यक्तिहरु रहेको र आफ्नो प्रतिष्ठालाई ख्याल गरेर अगाडि बढ्नेमा आफुहरु विस्वस्त रहेको बताए । राष्ट्र बैंकले संचालक समितिका सदस्यलाई विवाद नमिलेमा संचालक समितिमा भंग गर्न सक्ने अनौपचारिक रुपमा चेतावनी दिएको छ । राष्ट्र बैंकले संचालक समिति भंग गर्नुपर्ने अवस्था आउन नदिनको लागि संचालकलाई सचेत गराएको छ ।

राष्ट्र बैंकलाई यसरी बैंक तथा वित्तीय संस्थामा विवाद बढ्दा बैंकको संचालक समिति भंग गर्ने अधिकार छ । यसरी राष्ट्र बैंकले व्यवस्थापन टोली नै खटाएर बैंकलाई अल्पकालिन रुपमा समाल्न सक्छ । विगतमा पनि विभिन्न बैंकमा राष्ट्र बैंकले संचालक समितिलाई भंग गरेर बोर्डमा नियन्त्रण लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।