३० भदौ / अर्थ र व्यापार – सनराइज बैंकको विहीवार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत तथा साधारण सभाबाट पारित हुन बाँकी छ । बोनसवापत बैंकले १ अर्ब ६ करोड रुपैयाँ छुट्याएको छ ।
७ करोड ८ लाख चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पछि पूँजी ८ अर्ब पुग्ने भएको छ । बोनस पाउने सेयरधनीले नै लाभांश वापतको कर तिनुपर्ने व्यवस्था बैंकले गरेको छ ।
तपाईको प्रतिक्रिया