६ असार /अर्थ र व्यापार - सनराइज बैंककोे नायव प्रमुख कार्यकारी पदमा अधिकृतमा आशा राणा अधिकारी बढुवा गरेको छ । संचालक समितिको जेठ २२ गतेको बैठकको निर्णय अनुसार राणा अधिकारीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको बैंकले जनाएको छ । साथै निजले हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालिरहेकी छिन ।
विगत ३१ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत राणा अधिकारी सनराइज बैंकमा बैंकको स्थापनाकालदेखि नै कार्यरत रहेकी छिन । सनराइज बैंकमा आउनु अघि उनले हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्ष भन्दा बढीको अनुभव रहको छ ।
राणा अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट एम. बि. ए.मा प्रथम श्रेणीमा प्रथम भइ महेन्द्र विद्याभूषण लगायत विभिन्न विभूषण तथा स्वर्ण पदकहरm प्राप्त गरेकी छिन । उनले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक तालिमहरुमा समेत सहभागी रहेको अनुभव रहेको बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया