logo

पाटन उच्च अदालतले सनराइज बैंकको साधारण सभा स्थगित गर्यो

    1349   पटक पढिएको


२८ कात्तिक / अर्थ र व्यापार - पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरे पछि सनराइज बैंकको साधारण सभा स्थगित भएको छ । कात्तिक ३० गते बैंकले दशौं वार्षिक साधारण सभा बोलाएको थियो । सञ्चालक चयनको विवाद अदालतमा पुगे पछि अदालतले तत्काल कुनै काम नगर्न भनेको छ ।

बैंकले अमृतभोग डिल्लीबजारमा बोलाएको साधारण सभाले बाफियाले गरेको व्यवस्था अनुसार ७ जना सञ्चालक चयन गर्दै थियो । ३ जना संस्थापक, ३ जना सर्वसाधारण र १ जना विशेषज्ञ सञ्चालक चयन गर्ने क्रममा संस्थापकतर्फको सञ्चालकका सम्बन्धमा विवाद भएको बुझिएको छ । सोही विषयलाई लिएर बैंकलाई विपक्षी बनाई मुद्धा परे पछि अदालतले अन्तिम निर्णय नहुञ्जेल सबै प्रकृया स्थगित गर्न बैंकलाई आदेश दिएको थियो ।

अदालतको आदेश अनुसार अर्को निर्णय नहुञ्जेलसम्म साधारण सभा स्थगित गरिएको बैंकले जनाएको छ । बैंकले सुचना प्रकाशित गर्दै भनेको छ , निर्वाचन कार्य मात्र स्थगित गरी साधारणसभा सम्पन्न गर्दा सोही मितिबाट बैंकको संचालक समितिमा बैंकको संस्थापकहरुबाट प्रतिनिधित्व गर्ने संचालकहरुको प्रतिनिधित्व समाप्त भई सर्बसाधारणतर्फका ३ जना र स्वतन्त्र एक जना गरी ४ जना मात्र संचालञक बाँकी रहन गई विद्यमान संरचना बमोजिम ९ जना संचालकहरुको समिति अल्पमतमा पर्ने हुनाले साधारणसभा स्थगित गरिएको छ । बैंकको कार्तिक ३० को साधारणसभाले १५ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताब पनि पारित गर्दै थियो । सेयरधनी दर्ता पुस्तिका बन्द भएर सेयर मूल्य समायोजन भैसकेको अवस्थामा लगानीकर्ता अन्यौलमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।