logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा एक अर्ब ३८ करोड

    1300   पटक पढिएको

३० साउन / अर्थ र व्यापार – स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले एक अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । सोमबार वित्तीय विवरण सार्वजनिक गरेको कुमारी बैंकको नाफा भने घटेको छ । बैंकको अघिल्लो वर्ष ७१ करोड ६० लाख रुपैयाँ नाफा गरेकोमा यसपाली जम्मा ७० करोड रुपैयाँ नाफा गरेको छ । 

चार्टर्डले गत आर्थिक वर्ष खुद व्याज आम्दानी दुई अर्ब १९ करोड रुपैयाँ गरेको छ । बैंकले गत आर्थिक वर्षमा ६३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरि ३९ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको चुक्ता पूँजी एक वर्षमा दुई अर्ब ८१ करोडबाट ४ अर्ब पुर्याएको छ । बैंकको जगेडा कोषमा ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।  

बैंकले गत आर्थिक वर्षमा निक्षेप संकलन अनुसार ऋण लगानी गर्न नसक्नुका साथै जगेडा कोषमा भएको उच्च बृद्धिले पूँजी कोष अनुपात धेरै नै बढेको छ । बैंकको पूँजी कोष अनुपात एक आर्थिक वर्षमा १६.४९ प्रतिशतबाट बढेर २२.०४ प्रतिशत पुगेको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले अघिल्लो आर्थिक बर्षमा एक अर्ब २९ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको खराब कर्जा भने घटेको छ । बैंकले एक आर्थिक वर्षमा ०.३२ प्रतिशतबाट घटाएर ०.१९ प्रतिशत पुर्याएको छ । बैंकको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ रहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।