२८ माघ / अर्थ र व्यापार - स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सँधैजस्तो नियमित बृद्धिबाट अगाडि बढेको छ। पुससम्मको वित्तीय विवरण अनुसार बैंकले नाफा ७.१२ प्रतिशतले बढाएर १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ पुगेको छ।
नियामकीय प्रावधानहरु अनुपालन गर्नेमध्येको भनेर चिनिएको चार्डर्ड केही सूचकहरुमा भने चिप्लिएको छ। बैंकको स्प्रेड ४.८४ प्रतिशतबाट बढेर ५.९३ प्रतिशत पुगेको छ। आधार दर भने ७.५५ प्रतिशतबाट घटाएर ७.३३ प्रतिशतमा झारेको छ।
बैंकको ६ महिनाको नाफामध्ये अघिल्लो तीन महिनाको बढि छ। पछिल्लो तीन महिनामा बैंकले ५८ करोड २८ लाख रुपैयाँ मात्र नाफा गरेको छ।
बैंकको ब्यापार बृद्धि पनि पछिल्लो समय बढाउँदै लगेको छ। बैंकसँग अहिले सर्वसाधारणबाट उठाएको निक्षेप ८० अर्ब ५४ करोड रुपैयाँ छ। गत असोजमा यो ७५ अर्ब ८६ करोड थियो। ऋण पनि ५१ अर्ब ६८ करोडबाट ५४ अर्ब २९ करोड पुर्याएको छ।
तपाईको प्रतिक्रिया