१३ मंसिर / अर्थ र व्यापार - सिर्जना फाईनान्स लिमिटेडले बिक्री नभएको हकप्रद शेयर लिलाम गर्ने भएको छ।
फाइनान्सले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। कम्पनीको चुक्ता पूँजी ४६ करोड ७ लाख रुपैयाँ छ ।
कुल २७ करोड ६४ लाख रुपैयाँको शेयर असोज १७ बाट निष्काशन गरिएपनि बिक्री भएको थिएन। कम्पनीको ३ लाख ५ हजार २१२ कित्ता संस्थापक र सर्वसाधारण शेयर लिलाम गरिने भएको हो।
कम्पनीको हकप्रद शेयर ९० प्रतिशत मात्र बिक्री भएको छ। सनराईज क्यापिटलले एक करोड ९३ लाख ३० हजार दुई सय, आश्वाबाट २ करोड ९५ लाख २८ हजार एक सय र सिर्जना फाईनान्सबाट १९ करोड ७० लाख ८९ हजार तीन सय गरी कुल २४ करोड ५९ लाख ४८ हजार हकप्रद शेयर खरिदका लागि रकम जम्मा भएको छ।
तपाईको प्रतिक्रिया