१३ साउन / अर्थ र व्यापार – ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई प्राप्ती (एक्वायर) गर्न साउन २९ गते विशेष साधारण सभा बोलाएको छ । ज्योतिले राप्तीभेरीलाई एक बराबर एक स्वाप रेसियो अनुपातमा एक्वायर गर्ने प्रस्ताव गरेको छ ।
साउन २९ गते अमृतभोग, पार्टी प्यालेस कालिकास्थानमा बोलाएको विशेष साधारणसभाबाट बैंकले राप्तीभेरीलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्देछ । त्यस्तै अन्य प्रस्तावहरूमा दुबै बैंकबिच भएका एक्विजिसन सम्बन्धी सम्पूर्ण सहमति र सम्झौतापत्रहरु अनुमोदन गरी बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका रहेका छन् ।
शतप्रतिशत हकप्रद बिक्रीपछि ज्योतिको चुक्ता पुँजी २ अर्ब २० करोड ८६ लाख रुपैयाँ पुगेको छ भने गत आर्थिक बर्षको चैतसम्ममा राप्तीभेरीको चुक्ता पुँजी १४ करोड ३७ लाख रुपैयाँ रहेको छ । मर्जपछि बन्ने बैंकको चुक्ता पूँजी २ अर्ब २३ करोड ५० लाख नाघ्नेछ ।
तपाईको प्रतिक्रिया