२६ असार / अर्थ र व्यापार – सेन्ट्रल फाइनान्स लिमिटेडको विशेष साधारणसभा आगामी साउन १० गते बस्दै छ । फाइनान्सले उक्त सभामा सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्ने कम्पनीको विशेष प्रस्ताव सम्बन्धी छलफल गर्ने भएको छ ।
उक्त निणर्य कम्पनीको गत असार २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । कुपन्डोलमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी २४ करोड ६५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी ३२ करोड रुपैयाँ नाघ्ने छ ।
तपाईको प्रतिक्रिया