logo

स्पर्श लघुवित्तको प्राथमिक शेयर आजदेखि निष्काशन

    1125   पटक पढिएको

२६ फागुन /अर्थ र व्यापार - स्पर्श लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आइपिओ) सर्वसाधारणका लागि आजदेखि निष्काशन भएको छ । संस्थाले सर्वसाधारण तर्फको दुई लाख ६९ हजार कित्ता शेयर मध्ये ४ हजार १४८ कित्ता कर्मचारी र १३ लाख ४८२ कित्ता बाँडफाँड गरि बाँकी दुई लाख ५२ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो । 

सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १३४० कित्तासम्मको लागि आवदेन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ । संस्थाले पहिलो चरणमा फागुन २९ गतेसम्म र पहिलो चरणमा बिक्री नभएर ढिलोमा चैत २५ गतेसम्म निष्काशन गर्ने स्वीकृति पाएको छ ।आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरमा खाता खोलेकाहरुले अनलाइन आवेदन दिन सक्छन् । संस्थाले प्राथमिक शेयर निष्काशन गरे सँगै संस्थापक तर्फको चुक्ता पूँजी ६७.५ प्रतिशत अर्थात ५ करोड ६० लाख रुपैयाँ र सर्वसाधारण तर्फ ३२.५ प्रतिशत अर्थात दुई करोड ६९ लाख रुपैयाँ सहित जम्मा ८ करोड २९ लाख रुपैयाँ कायम हुनेछ ।

नेपाल राष्ट्र बैंकबाट १० वटा जिल्लामा कार्यक्षेत्र रहने गरि अनुमति पाएको संस्थाले ०७४ असारदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार संस्थाले एक लाख एक हजार रुपैयाँ नाफा गरेको थियो । प्राथमिक शेयर निष्काशन सँगै संस्थाले पशुपालन, खुद्रा व्यापार तथा सेवा कर्जा र साना तथा घरेलु कर्जा प्रवाह गर्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।