३ बैशाख /अर्थ र व्यापार - स्पर्स लघुवित्त चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफामा पुगेको छ । गत आवको यसै अवधिमा ५६ लाख नोक्सानी व्यहोरेको यस लघुवित्त दोस्रो त्रैमासमा नाफामा पुगेको थियो । चैत मसान्तसम्म लघुवित्तको नाफा ६० लाख नाघेको छ ।आईपिओ बिक्री प्रश्चात ८ करोड २९ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी पुगेको लघुवित्तको जगेडा कोष समेत ६२ लाख ५३ हजारले धनात्मक बनेको छ । गत वर्ष यसै अवधिमा जगेडा ५५ लाख ऋणात्मक थियो ।
१३ करोड ८८ लाख निक्षेप संकलन र ५९ करोड ९४ लाख सापटीबाट ७५ अर्ब ३८ करोड बढी कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले २ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा ८४ लाख ६७ हजार सञ्चालन नाफा आर्जन गरेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ५४ पैसा, निस्क्रिय कर्जा अनुपात ०.४६ प्रतिशत छ । लघुवित्तले गत फागुन २६ देखि २९ गतेसम्म कूल २ लाख ६९ लाख ६३० कित्ता आईपिओ निष्काशन गरि चैत १० गते बाँडफाँड गरेको थियो । कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ ।
तपाईको प्रतिक्रिया