२८ फागुन /अर्थ र व्यापार - स्पर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आईतबारदेखि निष्कासन गरेको प्राथमिक शेयर (आइपिओ) मा दोस्रो दिन एक लाख ७१ हजार १६ आवेदकले ४६ लाख ६२ हजार ७०० कित्ताको लागि आवेदन दिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । जुन मागभन्दा १८.५० गुणा बढी हो ।
संस्थाले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको दुई लाख ५२ हजार कित्ता साधारण शेयर सर्बसाधारणको लागि निष्काशन गरेको छ । सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १३४० कित्तासम्मको लागि आवदेन दिन सक्छन् ।
तपाईको प्रतिक्रिया