logo

स्पर्स लघुवित्तको साधारण सभा पुस २९ गते, लाभांश वितरण प्रस्ताव पारित गर्ने

    1526   पटक पढिएको

८ पुस/अर्थ र व्यापार– स्पर्स लघुवित्त वित्तीय संस्थाले पुस २९ गते होटल बाराही लेकसाइड, पोखरामा बिहान ११ बजेका लागि साधारण सभा बोलाएको छ ।

सभाले १९ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य २ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ  ।

स्पर्स लघुवित्तलाई ग्लोबल आइएमई लघुवित्तले प्राप्ति गर्ने प्रयोजनको लागि मूल्याङकन कर्ताबाट प्राप्त सम्पत्ति तथा दायित्व मूल्याङकन प्रतिवेदनको आधारमा स्पर्स लघुवित्तको १ कित्ता शेयर बरावर ग्लोबल आइएमई लघुवित्तको शून्य दशमलव ९० कित्ता शेयर दिने गरी शेयर स्वाप रेशियो अनुपात कायम गर्ने प्रस्ताव पारित गर्नेछ।

स्पर्सले प्राप्ति प्रयोजनको लागि असोज २१ गतेदेखि शेयर कारोबार रोक्का गरेको छ । असोज २१ सम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीको बुक क्लोज पुस १५ गतेदेखि २९ गतेसम्म गर्ने कम्पनीले बताएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।