७ पुस / अर्थ र व्यापार - प्रदेश नं १ कै उत्कृष्ट सहकारीका रुपमा झापाको दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ ।
राष्ट्रिय सहकारी बैंकको बिहीबार काठमाडौँमा सम्पन्न १४ औँ वार्षिकोत्सवका अवसरमा स्वर्णलक्ष्मी सहकारीले प्रदेशस्तरीय सम्मान पाएको हो । प्रदेशस्तरीय बचत तथा ऋण सहकारीमध्ये स्वर्णलक्ष्मीले आफ्नो कार्यसम्पादनमा उत्कृष्टता प्राप्त गरेको भन्दै बैंकले सम्मान गरेको स्वर्णलक्ष्मी सहकारीका व्यवस्थापक कमल घिमिरेले जानकारी दिनुभयो ।
उपराष्ट्रपति नन्दकिशोर पुनले संस्थाका अध्यक्ष रवि न्यौपानेलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । अध्यक्ष रवि न्यौपानेलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया