logo

सिन्धु विकास बैंकको दोस्रो त्रैमासको नाफा २ करोड ६५ लाख रुपैयाँ

    1070   पटक पढिएको

१७ माघ/ अर्थ र व्यापार - सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको पुस मसान्तको तुलनामा एक करोड ५५ लाख रुपैयाँ अर्थात १४०.४ प्रतिशले धेरै हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकले एक करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ करोड ७३ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा करिब २० प्रतिशतले पूँजी बढाएको बैंकको जगेडा कोष साढे ११ प्रतिशतले सुधार भएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा दुई अर्ब २५ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक अर्ब ८१ करोड ७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । समीक्षा अवधिमा बैंकले ३२.९० प्रतिशत  धेरै खुद ब्याज आम्दानी गरेको छ । गत पुसमा ४ करोड ५२ लाख रहेकोमा ६ करोड एक लाख रुपैयाँ पुगेको हो ।

तीन करोड ११ लाख सञ्चालन नाफा आर्जन गरकेो बैंकले एक करोड ६ लाख खराब कर्जा वापत व्यवस्था गरेको रकम फिर्ता हुँदा नाफामा सुधार आएको हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकको सञ्चालन मुनाफा एक करोड ३४ लाख रुपैयाँ थियो । बैंकमा निष्कृय कर्जा अनुपात बढेर १.७२ प्रतिशत पुगेको छ भने वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ २९ पैसाबाट दोब्बर हुँदा १० रुपैयाँ ६३ पैसा कायम भएको छ । यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ४८ पैसा छ । बैंकको मूल्य आम्दानी अनुपात ११.६५ गुणा बढी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।