logo

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा दोस्रो त्रैमासमा १९ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन

    1225   पटक पढिएको

१३ माघ/ अर्थ र व्यापार - शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको खुद नाफा ३१.४३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद नाफा ४ करोड ७६ लाख रुपैयाँले बढेको हो । यस अवधिमा बेंकले १६ अर्ब १० करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरेर १४ अर्ब ५२ करोड ३६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यस्तै १ अर्ब ७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले ५९ करोड ७५ लाख रुपैयाँ ब्याज खर्च गर्दा ४० करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष यसै अवधिमा बैंकले ३० करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको चुक्ता पूँजी एक अर्ब ६२ करोड २६ लाख रुपैयाँ छ भने जगेडा कोषमा ५३ करोड ४ लाख रुपैयाँ सञ्चित छ । बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ५३ पैसा, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात ९.७४ गुणा बढी छ । बैंकको निष्कृय कर्जा अनुपात ०.१७ प्रतिशत छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।