१६ असार/अर्थ र व्यापार– सिद्धार्थ बैंक कोष प्रवर्द्धक र सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको सिद्धार्थ व्यवस्थित लगानी योजना आजबाट जारी भएको छ ।
अंकित मूल्य १० रुपैयाँ दरको इकाइमा खरिदकर्ताले कम्तिमा १०० इकाइ र बढीमा २० लाख इकाइसम्म आवेदन दिन सक्नेछन् । म्युचुअल फण्डका इकाइहरु असार २० गतेसम्म जारी गरिने छ ।
यस खुलामुखी लगानी योजनामा सुरुमा २ करोड थान इकाइ निष्कासन गरिने छ । निष्कासन गरिएको इकाइ बाँडफाँटपछि खुद सम्पत्ति मूल्यका आधारमा अंकित मूल्यमा दैनिक खुद सम्पत्ति मूल्य गणना गरी त्यसैमा पुनर्खरिद गरिने छ ।
यस योजनामा २ अर्बको ५ प्रतिशत योजना ब्यवस्थापक सिद्धार्थ क्यापिटले र १० प्रतिशत कोष प्रवर्द्धक सिद्धार्थ बैंकले पुँजीको रूपमा लगानी गर्ने छन् । बाँकीमा सर्वसाधारणमा जारी गर्नेछ ।
तपाईको प्रतिक्रिया