logo

सिद्धार्थ इन्स्योरेन्सले मुनाफा बाँड्न सकेन, २४ करोड रुपैयाँ कोषमा जम्मा गर्ने

    1569   पटक पढिएको

४ फागुन / अर्थ र व्यापार - सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट आर्जन गरेको २४ करोड भन्दा बढि खूद नाफा वितरण नगर्ने निर्णय गरेको छ । सो बीमा कम्पनीको एनएफआरएस मापदण्डको वित्तीय विवरणका लागि कोषमा रकम कम भएपछि गत आर्थिक वर्षको सबै मुनाफा कोषमै जम्मा गर्ने निर्णय गरेको हो । कम्पनीले नेपाल वित्तीय मान लागू गरेका कारण गत आवको मुनाफा वितरण गर्न नसकेको हो ।

गत माघ १५ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितको १५५ औं बैठकले आर्थिक वर्ष २०७५।०७६ को कारोबारबाट आम्दानी गरेको २४ करोड ४७ लाख ३४ हजार ३९ रुपैयाँ खूद मुनाफा यस पटक विवतरण नगर्ने र नेपाल वित्तीय प्रतिवेदन मान अनुरुपको कोषमा राख्ने निर्णय समेत गरेको हो । सोही बैठकपछि त्यसको भोलिपल्ट माघ १६ गते नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गर्दै गत आर्थिक वर्षको मुनाफा वितरण नगर्ने जानकारी गराएको देखिएको छ ।

सिद्धार्थ इन्स्योरेन्सका कम्पनी सचिव सुदर्शन आचार्यका अनुसार बीमा समितिले लागू गरेको एनएफआरएस वित्तीय विवरण मान अनुसार कम्पनीले गत आर्थिक वर्षको मुनाफा वितरण गर्न नसकेको हो । नयाँ व्यवस्था अनुसार कतिपय बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफा वितरण गर्न सक्ने अवस्थामा नरहेको बताइन्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।