२४ माघ / अर्थ र व्यापार - सिद्धार्थ बैंकले रुकुमस्थित मुसिकोट शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । उक्त शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमले गरेका हुन् । बैंकले उक्त शाखा २०७५ अषाढ ३१ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुराउने उद्देश्यले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १,६०० भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफनो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको छ ।
तपाईको प्रतिक्रिया