२६ जेठ / अर्थ र व्यापार - सिद्धार्थ बैंकको दोलखाको चरिकोटमा शाखा र १ शाखारहित बैंकिङ सेवा तथा रामेछापको गोकुलगंगा शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।
बैंकको चरिकोट शाखाको उद्घाटन भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी, शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका प्रबद्र्धक सेयरधनी आत्मकृष्ण श्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारबाट भएको बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया