logo

मंसिर २६ गतेसम्म बिक्री खुला हुनेगरि सिद्धार्थ बैंकद्वारा ४ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन

    1206   पटक पढिएको

 २३ मंसिर/ अर्थ र व्यापार - सिद्धार्थ बैंकले ४ लाख ५० हजार कित्ता ऋणपत्र आजदेखि सर्वसाधारणको लागि निष्काशन गरेको छ । बैंकले २२ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । नेपाल धितोपत्र बोर्डबाट २ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको थियो ।

बैंकले २० प्रतिशत ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्न लागेको हो । सर्वसाधारणले न्यूनतम २० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवदेन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

बैंकले पहिलो चरणमा मंसिर २६ गतेसम्म बिक्री खुला गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुस २३ गतेसम्म बिक्री खुला राख्ने क्यापिटलले जनाएको छ । ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ अनुसार बैंकले ‘इक्रा एनपी एल ट्रपल वि प्लस’ प्राप्त गरेको छ । यस रेटिङले मध्यम कर्जा जोखिमको संकेत गर्ने क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ । बैंकले यस अघि तीन पटक ऋणपत्र निष्काशन गरिसकेको छ । अहिलेको निष्काशनसहित बैंकले तीन अर्ब ४५ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्नेछ ।                                                                                         

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।