१३ चैत्र /अर्थ र व्यापार - सिद्धार्थ बैंकद्वारा प्लाटिनम बचत खाता सञ्चालनमा ल्याइएको छ । ग्राहकहरुको माग बमोजिम नविनतम् वित्तीय सेवाहरु सरल र सहजरुपमा उपलब्ध गराउन विभिन्न आकर्षक सुविधासहित नयाँ बचत खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
नयाँ खाता खोल्दा सिद्धार्थ बैंकको डेविट कार्ड प्रयोग गरी देशभर रहेका जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा अतिरिक्त शुल्क लाग्नेछैन । यस्तै देशभर रहेका ४५ भन्दा बढी यूएनओ साझेदार केन्द्रहरुमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने यूएनओ क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।
प्लाटिनम खातावालले ६ दशमलब ५ प्रतिशत वार्षिक ब्याजदर पाउने छन् । नयाँ खाता बैंकका देशभर रहेका १४६ शाखाहरुबाट वा अनलाइनबाट खोल्न सक्ने बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया