६ भदौ / अर्थ र व्यापार – एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । एभरेष्ट इन्स्योरेन्सले ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा तोकेको हो ।
सो मात्राको सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा मंगलबार एभेरेष्ट इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतम र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।
तपाईको प्रतिक्रिया