२६ भदौ / अर्थ र व्यापार – साना किसान विकास बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा डा. शिवरामप्रसाद कोइरालालाई नियुक्त गरेको छ । उनलाई चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरिएको हो । जलनकुमार शर्माले साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्नो ८ वर्षे कार्यकाल सकिएपछि उनी नियुक्त भएका हुन् ।
व्यवस्थापनमा स्नातकोत्तर तथा बैंकिंङको वित्तीय दिगोपनामा विद्यावारिधी गरेका कोईरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गरेका छन् । कृषि विकास बैंकको तर्फबाट साना किसान बैंकको संस्थापक कर्मचारीको रुपमा ९ वर्ष काम गरिसकेका कोईराला लामो अवधिसम्म कृषि विकास बैंकको अधिकृत प्रथम श्रेणीमा कार्यरत थिए । डेढ वर्षदेखि साना किसान विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
तपाईको प्रतिक्रिया