logo

शाइन रेसुङ्गाले २५ प्रतिशत बोनस वितरण गर्ने 

    990   पटक पढिएको

४ असोज / अर्थ र व्यापार – रुपन्देहीको बुटवलमा कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले गत बर्षको कमाईबाट लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

बैंकले गत आर्थिक बर्षमा ३४ करोड ९६ लाख २० हजार रुपैंया खुद नाफा कमाएको थियो । बैंकले बोनस बापत २७ करोड ५७ लाख २३ हजार एक सय रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले कर बापतको रकम भने छुट्टाएको छैन । हाल बैंकको चुक्ता पूँजी एक अर्ब १० करोड २८ लाख ९२ हजार रुपैयाँ छ । बोनसपछि बैंकको पूँजी एक अर्ब ३७ करोड रुपैयाँ नाघ्नेछ ।

१० जिल्ला कार्यक्षेत्र भएको बैंकले एक अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ । अहिले बैंकको जगेडा कोषमा ५४ करोड ३१ लाख रुपैयाँ सञ्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।