logo

एफपीओ ल्याउन शिखर इन्स्योरेन्सलाई बन्देज

    1280   पटक पढिएको

२१ असार / अर्थ र व्यापार – शिखर इन्स्योरेन्सले तत्काल थप नयाँ साधारण शेयर अर्थात एफपीओ जारी गर्न नपाउने भएको छ । धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता तथा निस्कासन निर्र्दे्शिका २०७४ अनुसार शिखरले दोहोर्याएर एफपीओ जारी गर्न नपाउने भएको हो । शिखरले तत्काल एफपीओ जारी गर्न नपाउने निर्णय गर्दै धितोपत्र बोर्डले उसको आवेदन सम्बन्धि विवरणलाई वेभसाइटबाट समेत हटाएको छ । 

धितोपत्र दर्ता तथा निस्कासन निर्र्दे्शिका २०७४ मा संगठित संस्थाले धितोपत्रको थप सार्वजनिक निष्काशन गरेको मितिले ५ बर्ष पूरा नभएसम्म पुनः धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न नसक्ने ब्यवस्था अनुसार शिखरको एफपीओ जारी गर्न अनुमति नदिइएको हो । शिखरले अघिल्लो बर्ष मंसिरमा एफपिओ जारी गरेकाले अर्को एफपिओ जारी गर्न अझै साढे तीन बर्ष कुर्नु पर्नेछ । शिखरले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न गत फागुनमा धितोपत्र बोर्डमा आवेदन गरेको थियो । 

शिखर ईन्स्योरेन्सले केही हप्ता अगाडि नेपाल स्टक एक्सेचेञ्ज मार्फत थप नयाँ सेयर एफपिओ निष्कासन तथा बोनसबाट विमा समितिले तोकेको पूँजी पुर्याउने योजना सार्वजनिक गरेको थियो । अब कम्पनीले बीमा समितिले तोकेको एक अर्ब चुक्तापूँजी बोनसबाटै पुर्याउनु पर्ने छ । 

हाल शिखरको ८१ करोड चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा २४ करोड छ । उसले तोकेको चुक्तापूँजी पुर्याउन १९ करोडको बराबरको बोनस सेयर दिए पुग्ने अबस्था छ । शिखरले तेस्रो त्रैमाससम्ममा खुद बीमा शुल्क एक अर्ब १४ करोड नघाएको छ भने २६ करोड खुद नाफा कमाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।