logo

सानिमा थ्री इन वन खातामा अनलाईनबाटै शेयर कारोबार गर्न सकिने

    1466   पटक पढिएको

६ माघ / अर्थ र व्यापार - सानिमा बैंकले सानिमा क्यापिटलको सहकार्यमा नेपालमै पहिलो पटक थ्री इन वन खाता सञ्चालमा ल्याएको छ । यो खाता सञ्चालनमा आएसँगै हालसम्म तीन हजार भन्दा बढी ग्राहकले यस खाता मार्फत् शेयर कारोबार गरिरहेको बैंकले जनाएको छ ।

थ्री इन वन खातामा बचत खाता, लगानीखाता र डिम्याट खाताको सुविधा हुन्छ । सानिमा बैंक र सानिमा क्यापिटलले संयुक्त रूपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरूले अनलाइन मार्फत् दोश्रो बजारबाट शेयर खरिद बिक्री गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेभसाइटमा थ्रि इन वन मा गएर आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ । अनलाइन मार्फत् आवेदन दिएपछि ग्राहकले दिएको इमेलमा आवेदन प्राप्त भएको जानकारी पाउन सकिनेछ ।

त्यसपछि ग्राहकले एक पटक बैंकको नजिकैको शाखामा पुगेर KYC  भरेपछि डिम्याट खाता इमेल मार्फत प्राप्त गर्न सकिन्छ । अनलाइनमार्फत user ID  को  credential  प्राप्त भएपछि ग्राहकले आफै शेयर कारोबार गर्न बैंकले जनाएको छ । 

बैंकका अनुसार लगानीको लागि इच्छुक, व्यस्त कामकाजी तथा कामको सिलसिलामा भ्रमण गर्ने वा विदेश बसेका नेपालीले शेयर खरिद बिक्रीका लागि यो योजना निकै उपयोगी रहेको छ । साथै अनलाईन मार्फत् आफ्नो अनुकुल र छोटो समयमै शेयर खरिद बिक्री पनि गर्न सकिने बैंकको भनाई छ ।

एक पटक खाता खोलेर हस्ताक्षर प्रमाणीकरण भइसकेपछि हरेक कारोबारका लागि बैंक वा शेयर बजारका ब्रोकरकोमा धाउनुपर्ने अवस्थाबाट छुटकारा पाइने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।