logo

मंगलबार शेयरमूल्य समायोजन भएको पाँचवटै कम्पनीको समायोजन शेयरमूल्यका आधारमा शेयर कारोबार खुल्ला

    1121   पटक पढिएको

१७ पुस/ अर्थ र व्यापार  - नेपाल स्टक एक्सचेञ्जमा मंगलबार पाँच कम्पनीको बोनसपछि शेयरमूल्य समायोजन भएको छ । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनसका लागि बुकक्लोज गरेसँगै एकैदिन नेप्सेमा एकैदिन धेरैवटा कम्पनीको शेयरमूल्य समायोजन हुन थालेको हो । नेप्समा मंगलबार सिटिजन्स बैंक इन्टरनेशनल, सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक,समीट माइक्रोफाइनान्स र हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले वितरण गरेका बोनस पश्चात पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको हो । 

मंगलबार बुकक्लोज गरेका आठ कम्पनीमध्ये तीन कम्पनीहरु महिला सहयात्रा माइक्रोफाइनान्सले नगद लाभांश वितरण गरेको कारण र सिन्धु विकास बैंक र अरुण काबेली पावर कम्पनीले लाभांश नै वितरण नगरेका कारण शेयरमूल्य समायोजन भएन । स्टक एक्सचेञ्जमा सोमबार पनि चार कम्पनीको बोनसपछि शेयरमूल्य समायोजन भएको थियो । सिटिजन्स बैंक इन्टरनेसनल (CZBIL) को ३.६ प्रतिशत बोनस शेयर पश्चात आइतबार नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बैंकको ३.६ प्रतिशत बोनसपछि बैंकको समायोजित शेयरमूल्य प्रतिकित्ता २१० रुपैयाँ ४२ पैसा कायम भएको छ। नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा बैंकको औसत आधार मूल्य ३०२ रुपैयाँ २१ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ ।

त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) को ४ प्रतिशत बोनस शेयर पश्चात मूल्य समायोजन भएको छ । बैंकको बोनसपछि प्रतिकित्ता १४३ रुपैयाँ २७ पैसामा शेयरमूल्य समायोजन भएको हो । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा बैंकको औसत आधार मूल्य १८६ रुपैयाँ १३ पैसा कायम भएको छ । मंगलबार नै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (NCDB) को एक प्रतिशत बोनस पश्चात प्रतिकित्ता १२० रुपैयाँ ७९ पैसामा शेयरमूल्य समायोजन भएको छ । यस विकास बैंकको औसत आधार मूल्य १७४ रुपैयाँ ४० पैसा कायम भएको नेप्सेले जनाएको छ ।

यसैगरि समीट माइक्रोफाइनान्स (SMFDB) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको २३.५३ प्रतिशत बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको छ । नेप्सेले लघुवित्तको बोनस शेयर समाोजन पश्चात प्रतिकित्ता ७३९ रुपैयाँ ९० पैसामा शेयरमूल्य समायोजन भएको हो । नेप्सेका अनुसार लघुवित्तको १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा औसत आधार मूल्य ११५७ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ ।

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) को पनि मंगलबार १० प्रतिशत बोनस शेयर पश्चात मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनसपश्चात प्रतिकित्ता १५४ रुपैयाँ ५५ पैसामा शेयरमूल्य समायोजन भएको छ । कम्पनीको नेप्सेमा १८० दिनमा कारोबार भएको शेयरको औसत आधारमूल्य प्रतिकित्ता १२७ रुपैयाँ २७ पैसा निर्धारण भएको छ ।
मंगलबार बोनसमा शेयरमूल्य समायोजन भएको पाँचवटै कम्पनीको नेप्सेले समायोजन गरेको शेयरमूल्यका आधारमा शेयर कारोबार खुलेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।