logo

सहयोगी विकास बैंकको सेयर लिलामीमा 

    1245   पटक पढिएको

२३ असार / अर्थ र व्यापार – सहयोगी विकास बैंकले असार २९ गतेदेखि साधारण समूहको १६ हजार ३८६ कित्ता सेयर लिलामीमा राख्ने भएको छ । बैंकले जेठ १ गतेदेखि असार ४ गतेसम्म चुक्ता पूँजीको ३५ प्रतिशत बराबरको ११ लाख एक हजार १३५ कित्ता हकप्रदमा विक्री गरेकोमा अवितरित सेयर अहिले विक्रीमा राखेको हो ।

सहयोगीको सेयरमा लगानी गर्न ईच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक सनराईज क्यापिटल कमलपोखरीबाट न्यूनतम १०० रुपैयाँ र एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । आवेदन गर्दा १० कित्ताको गुणात्ंकमा अधिकतम कित्तासम्मको लागि आवेदन गर्न सकिन्छ । सबैभन्दा बढि बोलकबोल गर्ने लगानीकर्ताले लिलामी सेयर प्राप्त गर्नेछन् । आवेदन गर्ने म्याद साउन ५ गतेसम्म रहेको छ ।

बोलपत्र साउन ६ गते १ बजे सनराइज क्यापिटल लिमिटेड कमलपोखरीमा खुला गरी साउन १० गते बाँडफाँड हुनेछ । लिलामीमा सेयर पाउन नसक्ने लगानीकर्ताको रकम साउन १२ गतेदेखि फिर्ता हुनेछ ।

३१ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सहयोगीको हकप्रदपछि ४२ करोड ४७ लाख २३ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बैंकले तेस्रो त्रैमासमा नौं करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ४१ पैसा कायम गरेको छ । सहयोगिको सेयर विहीबार प्रतिकित्ता रुपैयाँमा कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।