logo

रुरल माईक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा 

    2319   पटक पढिएको

२२ जेठ / अर्थ र  व्यापार-जेठ १६ गतेदेखि नेपाल ग्रामिण विकास बैंकले खुला गरेको रुरल माईक्रोफाइनान्सको ८८ हजार पाँच सय ६४ दशमलव ७४ कित्ता संस्थापक सेयर लिलाममा आवेदन गर्ने सोमबार अन्तिम दिन हो । आफ्नो स्वामित्वमा रहेको रुरल माईक्रो फाईनान्स कम्पनीका संस्थापक सेयर साबिकका माईक्रोफाईनान्सको संस्थापक सेयरधनीलाई बेच्न बैंकले लिलामी खोलेको हो । 

सोमबार कार्यालय समयभित्र रुरल माईक्रोको इच्छुक संस्थापक सेयरधनीले कम्पनीको लिलामी सेयरमा विक्री प्रबन्धक एनएमबि क्यापिटलमा न्युनतम एक हजार कित्तादेखि सबै कित्ताका लागि आवेदन गर्न सकिने छ । बोलपत्र जेठ २३ गते मंगलबार एनएमबि क्यापिटलमा ४ बजे खोलिने छ । 

नेपाल ग्रामिण विकास बैंकले रुरल माईक्रो फाईनान्सको संस्थापक सेयर पाँच सय एक रुपैयाँ न्युनतम मूल्य राखेर लिलाम बढाबढ गर्न लागेका हो । यसबाट बैंकले प्रतिकित्ता ४०१ रुपैयाँको दरले न्युनतम तीन करोड ५४ लाख ७५ हजार रुपैयाँ बढि प्रिमियम संकलन गर्नेछ भने चार करोड ४३ लाख ७० हजार बढि आम्दानी गर्नेछ । 

५५ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४६.८३ रुपैयाँ कायम गरेको छ । नेपाल ग्रामिण विकास बैंकले एक सय रुपैयाँ अंकित दरमा नौ लाख ७५ हजार कित्ता एफपीओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।