३ साउन / अर्थ र व्यापार – गोर्खाज फाइनान्सको १० लाख ५५ हजार १८९ कित्ता सेयर लिलामीमा बिक्री गरिने भएको छ । यो फाइनान्सको संस्थापक ९ लाख ७९३ र सर्वसाधारण तर्फको सेयर १ लाख ५४ हजार ३९६ कित्ता सेयरका न्युनतम एक सय रुपैयाँमा बिक्री गरिने भएको छ ।
यो सेयरको गोप्य शिलबन्दीमार्फत खरिद गर्न चाहनेले यही साउन १० देखि १९ गतेभित्र आवेदन दिनुपर्ने भएको छ । यो फाइनान्सले गत जेठ १ देखि असार ११ गतेसम्म खुला गरेको हकप्रद सेयरमा बिक्री नभएका उक्त सेयरको लिलामी माफर्त बिक्री गर्ने भएको छ । यसको बिक्री प्रबन्धक एनआईबीएल क्यापीटल मार्केट्स हो ।
तपाईको प्रतिक्रिया