logo

चार बैंकको बोनस पछिको शेयरमुल्य समायोजन, समायोजन गरेको शेयरमूल्यका आधारमा सोमबार शेयर कारोबार हुदै

    1260   पटक पढिएको

१६ पुस /अर्थ र व्यापार  - नेपाल स्टक एक्सचेञ्जमा सोमबार चार कम्पनीको बोनसपछि शेयरमूल्य समायोजन भएको छ । हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्तको बोनसपछि सोमबार शेयरमूल्य समायोजन भएको हो । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनसका लागि बुकक्लोज गरेसँगै एकैदिन नेप्सेमा एकैदिन धेरैवटा कम्पनीको शेयरमूल्य समायोजन हुन थालेको छ । नेप्समा आइतबार पनि ६ वटा कम्पनीको बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको थियो ।

हिमालयन बैंक (HBL) को ५ प्रतिशत बोनस शेयर पश्चात आइतबार नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बैंकको ५ प्रतिशत बोनसपछि बैंकको समायोजित शेयरमूल्य प्रतिकित्ता ४८९ रुपैयाँ ५२ पैसा कायम भएको छ । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा बैंकको औसत आधार मूल्य ६७४ रुपैयाँ २६ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ ।

त्यस्तै मेगा बैंक (MEGA) को १.००२३३ प्रतिशत बोनस शेयर पश्चात मूल्य समायोजन भएको छ । बैंकको बोनसपछि प्रतिकित्ता १८० रुपैयाँ १९ पैसामा शेयरमूल्य समायोजन भएको हो । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा बैंकको औसत आधार मूल्य २१७ रुपैयाँ ६० पैसा कायम भएको छ ।

त्यसैगरि पूर्णिमा विकास बैंक (PURBL) को ५ प्रतिशत बोनस पश्चात प्रतिकित्ता १५९ रुपैयाँ ०५ पैसामा शेयरमूल्य समायोजन भएको छ । यस विकास बैंकको औसत आधार मूल्य २२६ रुपैयाँ ५२ पैसा रहेको नेप्सेले जनाएको छ । सोमबार महुली सामुदायिक लघुवित्त (MSLB) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १५ प्रतिशत बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको छ । नेप्सेले महुलीको २० प्रतिशत बोनस शेयर समाोजन पश्चात पश्चात प्रतिकित्ता १२८३ रुपैयाँ ३३ पैसामा शेयरमूल्य समायोजन भएको हो । नेप्सेका अनुसार लघुवित्तको १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा औसत आधार मूल्य १२१५ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ ।

बोनसमा शेयरमूल्य समायोजन भएको चारवटै कम्पनीको नेप्सेले समायोजन गरेको शेयरमूल्यका आधारमा सोमबार शेयर कारोबार खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।