२८ भदौ / अर्थ र व्यापार – नेपाल इन्भेष्टमेन्ट बैंकको भदौ २१ गतेको सेयर कारोबार रद्ध भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से )ले भदौ २१ गतेको सेयर कारोबार रद्ध गर्ने निर्णय गरेको हो ।
बैंकले बोनस सेयर र नगद लाभांश सम्बन्धी गलत सूचना दिएर लगानी कर्तालाई झुक्याएको भन्दै सो दिनको सेयर कारोबार रद्ध गरिएको हो । बैंकले टाइपिष्टले भुल गरेको भन्दै केहि समयपछि नै १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने स्पष्ट पारेको थियो ।
तपाईको प्रतिक्रिया