६ असार / अर्थ र व्यापार - नेपाल क्रेडिट एण्ड कमर्श बैंकको रोक्का रहेको सेयर कारोबार मंगलबारदेखि खुलेको छ । केन्द्रिय निक्षेप प्रणालीले एनसीसीबाट एपेक्सको मात्र सेयर छुट्याउन असम्भव रहेको बताए पछि बैंकको आग्रहमा सेयर कारोबार खोलिएको छ ।
बैंक व्यवस्थापनले अदालतको आदेश अनुसार सिडिएससीले सेयर छुट्याउन नसक्ने व्यहोरा नेप्सेमा अवगत गराएको छ । सिडिएससीले सेयर छुट्याउन नसक्ने भएकाले लगानीकर्ताको सेयर कारोबार सुचारु गराईदिन बैंकले गरेको आग्रह अनुसार नेप्सेले एनसीसीको सेयर कारोबार खुल्ला गरेको हो ।
यसअघि उच्च अदालत पाटनले दिएको आदेश बमोजिम नेप्सेले बैंकको कारोबार रोक्का गरेको थियो । खराब कर्जाले संकटग्रस्त बनेको एपेक्सका कारण एनसीसीको वित्तीय अवस्था खराब देखिएपछि एनसीसीमा मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंक तर्फको कारोबार अलग राख्न आदेश दिएपछि कारोबार रोकिएको थियो ।
तपाईको प्रतिक्रिया