२२ साउन / अर्थ र व्यापार – मल्टिपर्पाेज फाईनाइन्स को सेयर कारोबार आइतबार खुला भएको छ । कम्पनीको यसअघि न्यून मात्रामा सेयर अभौतिकिकरण भएको भन्दै कारोबार रोकिएको थियो । फाइनान्स कम्पनीको सेयर कारोबार खुलेपछि मूल्य बढेर समाचार तयार पार्दासम्म ८.७० प्रतिशत बढेर १२५ रुपैयाँ पुगेको छ ।
नेपाल क्लियरिङ हाउसले मल्टिपर्पाेज फाईनाइन्स कम्पनीको सेयर अहिले आवश्यक मात्रामा डिम्याट भएको जनाउँदै प्रतिवेदन पठाएपछि कम्पनीको सेयर कारोबार खुला गरिएको हो ।
तपाईको प्रतिक्रिया