११ असार / अर्थ र व्यापार - एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयरमूल्य नेप्सेमा समायोजन भएको छ । कम्पनीले वितरण गर्न लागेको २० प्रतिशत बोनस समायोजन पछि सामायोजित सेयरमूल्य २४४२ रुपैयाँ निर्धारण गरिएकोे छ ।
यसअनुसार एभरेष्ट इन्स्योरेन्सको सेयर अब २४४२ रुपैयाँमा पहिलो कारोबार खुला हुनेछ । कम्पनीको सेयर अन्तिम कारोबार भएको दिन असार ५ गते २९३० रुपैयाँमा बन्द भएको थियो । एभरेष्ट इन्स्योरेन्सको औषत आधारमूल्य भने १३९२ रुपैयाँ रहेको छ ।
हाल कम्पनीको सेयर कारोबार भने बन्द रहेको छ । बोनस, हकप्रद र साधारण सभा सम्बन्धि जानकारीहरु सार्वजनिक हुनु पहिले चुहावट भएको भन्दै धितोपत्र बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन दिए पछि असार ६ गते कारोबार बन्द भएको हो ।
तपाईको प्रतिक्रिया