logo

ओम डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन 

    1416   पटक पढिएको

३ साउन / अर्थ र व्यापार – ओम डेभलपमेन्ट बैंकको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएर सेयर कारोबार खुलेको छ ।  मनास्लु विकास बैंकसँगको मर्जर प्रक्रियाका कारण २०७३ असोज २१ गतेदेखि बैंकको सेयर कारोबार रोकिएको थियो । एकीकृत कारोबार थालेको एक महिनापछि मात्र सेयर कारोबार खुला भएको हो ।

बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको २९.२ प्रतिशत बोनसलाई समायोजन गरी प्रतिकित्ता सेयरमूल्य ४८७ रुपैयाँ निर्धारण गरेको हो । समायोजन पछि बैंकको सेयर मंगलबार ४८७ रुपैयाँमा कारोबार खुला भएको छ । यस्तै बैंकको औषत आधारमूल्य ३८० रुपैयाँ रहेकोे छ । यसअघि मनास्लु विकास बैंकसँग मर्जरका कारण बैंकको सेयर कारोबार रोकिएको थियो । असार २ गतेदेखि ओमले एकीकृत कारोबार थालीसकेको छ ।

मनास्लु गाभिएपछि ओमको चुक्ता पुँजी १ अर्ब ६४ करोड ३९ लाख ४४ हजार ७९५ रुपैयाँ पुगेको छ । बैंकले यो चुक्ता पुँजीको ३०५ हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ओमले २६ करोड ५७ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

धितोपत्र बोर्डले एकीकृत करोबार सुरु गरेको १५ दिनभित्र सेयर कारोबार थाल्न निर्देशन दिने गरेपनि बोर्डले निर्देशनको प्रभावकारी कार्यन्वयन गराउन नसक्दा तथा मर्जरको प्रकृयागत कारण देखाउँदै प्रायः सबै बैंकहरुले १५ दिनमा सेयर कारोबार सुरु गर्ने गरेको पाँइदैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।