८ साउन / अर्थ र व्यापार – २५ प्रतिशत बोनस पछि नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । आइतबार इन्स्योरेन्सले बोनस तथा साधारण सभाका लागि सेयरधनी पुस्तिका बन्द गरे पछि सेयर मूल्य समायोजन भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार २५ प्रतिशत बोनस समायोजन गर्दा इन्स्योरेन्सको प्रतिकित्ता सेयरमूल्य १,९९२ रुपैंया कायम भएको छ ।
नेप्सेका अनुसार इन्स्योरेन्सको प्रतिकित्ता सेयरको आधार मूल्य १,९८८ रुपैंया रहेको छ । कम्पनीको साधारण सभा साउन २७ गते हुँदैछ । नेशनल लाइफ इन्स्योरेन्सले दिन लागेको २५ प्रतिशत बोनस सेयर समायोजन पछि पनि कम्पनीको मूल्य बढेको छ।
कम्पनीको समायोजन अघि २ हजार ४ सय ८० रुपैयाँमा सेयर किनबेच भइरहेको थियो । यो समाचार तयार पार्दासम्म आइतबार साढे ११ बजे कम्पनीको सेयर मूल्य बढेर २ हजार १ रुपैयाँ पुगेको थियो । समायोजन पछि पनि मूल्यमा करिब ०.४५ प्रतिशतले वृद्धि भएको हो ।
तपाईको प्रतिक्रिया