logo

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन 

    1448   पटक पढिएको

२२ असार / अर्थ र व्यापार – नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको विहीबारबाट नेप्सेमा कारोबार खुलेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले एक्वायर गर्ने सम्झौता गरेपछि बैंकको सेयर कारोबार रोक्का भएको थियो । तर सांग्रिलाको विशेष साधारणसभाले नेपाल कम्युनिटी डेभलपमेन्टलाई खरिद गर्न अस्विकार गरेपछि बैंकको पुन सेयर कारोबार खुलेको हो ।

नेप्सेले बैंकले साधरणसभाबाट पारित गराएको ५.१५ प्रतिशत बोनस सेयर समायोजन गराएर सेयर कारोबार सुचारु गराएको छ । बोनसपछि बैंकको सेयरमूल्य प्रतिकित्ता २८० रुपैयाँ कायम भएको छ । जसको औषत आधारमूल्य २६० रुपैयाँ रहेको छ ।

बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई चुक्ता पूँजीको ५.१५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी २२ करोड दुई लाख ९४ हजार रुपैयाँ पुगेको छ । साधारणसभाबाट अनुमोदन भएको १२० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पूँजी ४८ करोड ४६ लाख ४८ हजार रुपैयाँ पुग्नेछ ।

सांग्रिलाले प्राप्ती गर्ने प्रस्ताव अस्वीकार गरेपछि बैंकले आफै हकप्रद जारी गरी चुक्ता पूँजी पुर्याउने निर्णय गरेको छ । बैंकको सातौं साधारणसभाले १२० प्रतिशत अर्थात एक कित्ता सेयर बराबर एक दशमलव २० कित्ताका दरले हकप्रद सेयर निश्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।