logo

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन 

    1658   पटक पढिएको

२२ असार / अर्थ र व्यापार – नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको विहीबारबाट नेप्सेमा कारोबार खुलेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले एक्वायर गर्ने सम्झौता गरेपछि बैंकको सेयर कारोबार रोक्का भएको थियो । तर सांग्रिलाको विशेष साधारणसभाले नेपाल कम्युनिटी डेभलपमेन्टलाई खरिद गर्न अस्विकार गरेपछि बैंकको पुन सेयर कारोबार खुलेको हो ।

नेप्सेले बैंकले साधरणसभाबाट पारित गराएको ५.१५ प्रतिशत बोनस सेयर समायोजन गराएर सेयर कारोबार सुचारु गराएको छ । बोनसपछि बैंकको सेयरमूल्य प्रतिकित्ता २८० रुपैयाँ कायम भएको छ । जसको औषत आधारमूल्य २६० रुपैयाँ रहेको छ ।

बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई चुक्ता पूँजीको ५.१५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी २२ करोड दुई लाख ९४ हजार रुपैयाँ पुगेको छ । साधारणसभाबाट अनुमोदन भएको १२० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पूँजी ४८ करोड ४६ लाख ४८ हजार रुपैयाँ पुग्नेछ ।

सांग्रिलाले प्राप्ती गर्ने प्रस्ताव अस्वीकार गरेपछि बैंकले आफै हकप्रद जारी गरी चुक्ता पूँजी पुर्याउने निर्णय गरेको छ । बैंकको सातौं साधारणसभाले १२० प्रतिशत अर्थात एक कित्ता सेयर बराबर एक दशमलव २० कित्ताका दरले हकप्रद सेयर निश्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।