२८ जेठ/ अर्थ र व्यापार- सांग्रिला डेभलपमेन्ट बैंकले पहिलो पटक ऋणपत्र जारी गर्ने भएको छ । बैंकले २०८७ सालमा परिपक्व हुने ऋणपत्र जारी गर्न लागेको हो । वार्षिक ब्याज ९ प्रतिशत रहेको ऋणपत्र असार ६ गतेबाट निष्कासन हुने बैंकले जनाएको छ । यसमा छिटोमा असार ९ र ढिलामा २० गतेसम्म आवेदन दिन सकिने छ ।
बैंकले कुल ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ऋणपत्र अनिवार्य गरेपछि सांग्रिलाले पनि निष्कासन सुरु गरेको हो । बैंकको ऋणपत्रको अंकित मूल्य एक हजार रुपैयाँ हुनेछ । कम्तिमा २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ । बढीमा ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।
तपाईको प्रतिक्रिया