logo

सेञ्चुरी कमर्सियल बैंकद्वारा आठौं वार्षिक साधारण सभा आह्वान

    1173   पटक पढिएको

२० चैत्र /अर्थ र व्यापार - सेञ्चुरी कमर्सियल बैंकद्वारा शेयर ब्रोकर सम्बन्धी कार्य गर्ने तथा मर्जर वा एक्विजिशनमा जाने विशेष प्रस्ताव सहित आठौं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको चैत १९ गते बसेको संचालक समितिको २८३ औं बैठकले बैशाख १२ गते बिहीबार बिहान ११ः३० बजे, आर्मी अफिर्सस क्लब, भद्रकाली काठमाडौंमा साधारण सभा बोलाएको हो ।

साधारण सभामा बैंकले सहायक कम्पनी मार्फत धितोपत्र व्यवसायी समबन्धी कार्य गर्ने व्यवस्था गर्न बैंकको प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । यस्तै बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्न तथा गाभिन (मर्जर) वा प्राप्ति एक्विजिशन गर्ने, स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता लगायत काम गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने तयारी गरेको छ । यसअघि साना वित्तीय संस्थाहरूलाई आफुमा मिलाएको यस बैंकले अझै सो मार्ग खुला गर्न लागेको हो ।

यसै गरी आर्थिक वर्ष २०७४र७५ सम्म कायम चुक्ता पूँजी ८ अर्ब २५ करोड रुपैयाँको १६ करोड ५० लाख रुपैयाँ अर्थात २ प्रतिशत बोनस र ३७ करोड १२ लाख रुपैयाँ अर्थात ४.५० प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । हाल ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ रुपैयाँ चुक्ता पूँजी रहेको सेञ्चुरीको बोनस वितरण पश्चात ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

यस्तै साधारण सभाले सर्वसाधारण समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी ३ जना सञ्चालकहरूको पनि निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनको लागि बैंकले चैत २९ गते देखि बैशाख १२ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार चैत २८ गते सम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।