logo

चौतारी लघुवित्तद्धारा अर्ध वार्षिक समिक्षा गोष्ठि तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न

    1133   पटक पढिएको

२० माघ / अर्थ र व्यापार - चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ वटा शाखा कार्यालयको अर्ध बार्षिकी समिक्षा गोष्ठि तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संस्थाले दाङ,सल्यान,पूर्वी रुकुम,पश्चिम रुकुम,जाजरकोट र सुर्खेतमा रहेका शाखा कार्यालयको अर्ध बार्षिकी समिक्षा गोष्ठि तथा जोखिम व्यवस्थापन तालिम दाङको तुल्सीपुरमा सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमीरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशि,बित्त तथा सुचना प्रबिधी विभाग प्रमुख ज्ञानिश्वर पन्तको उपस्थिती तथा अनुगमन अधिकृत अधिकृत कौशल खड्काको उद्घोषण गरेका थिए ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले लघुवित्त गरिवी निवारणको औजार भएको बिषयलाई प्रष्ट पार्दै सदस्यहरुलाई सिपमुलक तालिम निरन्तर आयोजना गर्दै उद्यमशिलताको बिकासमा जोड दिने गरी समाजिक कल्याण सहितको लघुवित्त अहिलेको आवश्यकता रहेकाले सोही अनुसार कार्यक्रमलाई अगाडी बढाईएको जानकारी दिए ।

नायब कार्यकारी अधिकृत हरिकृष्ण जोेशिले सक्षम र दक्ष कर्मचारीले मात्र सेवाग्राही सदस्यहरुलाई प्रभावकारी रुपले सेवा प्रबाह गर्न सक्ने भएकाले कर्मचारी तथा सेवाग्राही सदस्यहरुलाई निरन्तर तालिम आयोजना गरिने बताए ।

कार्यक्रममा संचालन जोखिम बारेमा वित्त तथा सुचना प्रबिधी विभागका विभागीय प्रमुख ज्ञानिश्वर पन्त तथा लघुउद्यम कर्जा व्यवस्थापन बारेमा अनुगमन अधिकृत कौशल खड्काले तालिम दिएको जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।