२३ माघ / अर्थ र व्यापार - मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वषृको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्म आइपुग्दा अधिकांश सूचकमा सुधार गरेको छ ।
यस अवधिसम्ममा बैंकले ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४२ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
४ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७९ करोड ९८ लाख रुपैयाँ संचिती गरेको छ । बैंकको वितरण योग्य मुनाफा ३४ करोड ३० लाख रुपैयाँ रहेको छ ।
बैंकको प्रति शेयर आम्दानी २२ रुपैयाँ १३ पैसा कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ४७ पैसा कायम भएको छ । मूल्य आम्दानी अनुपात १३.९२ गुणा रहेको छ । यस अवधिसम्ममा ४८ अर्ब २३ करोड ८७ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४५ अर्ब २० करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको गरेको छ ।
त्यस्तै, यसै अवधिसम्म बैंकले १ अर्ब ९ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७ करोड ९६ लाख रुपैयाँ बढी हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ५ करोड ३८ लाख रुपैयाँ बढेर ६७ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
तपाईको प्रतिक्रिया