१३ पुस / अर्थ र व्यापार - अजोड इन्स्योरेन्सको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालनमा रहेका ३९ वटा बीमा कम्पनीहरु मध्ये अजोड इन्स्योरेन्स गत आवको बार्षिक साधारणसभा गर्ने पहिलो कम्पनी हो । कम्पनीको आज सम्पन्न साधारणसभाले ३० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले सञ्चालक समितिका अध्यक्ष आदाज श्रेष्ठद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन छलफल पश्चात पारित गरेको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन तथा एनएफआरएस अनुसारका वित्तीय विवरणहरु पारित गरेको कम्पनीका सूचना अधिकारी गोबिन्द ढकालले बताए ।
तपाईको प्रतिक्रिया